बुढानीकण्ठ नगरपालिका, कार्यपालिकाको बैठकले लिएको महत्वपूर्ण निर्णय अनुसार यसपालिको १२औँ स्थापना दिवस मनाउने तयारी थालिएको छ। नगरप्रमुखको संयोजकत्वमा एक मूल समिति गठन गर्ने निर्णय छ, जसमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, नगरसभाका सबै सदस्यहरू र नगरपालिकाका कर्मचारीहरूको प्रतिनिधित्व रहनेछ।
कार्यक्रमअन्तर्गत मंसिर १३ गते साइकल र्याली, मुख्य दिवस मंसिर १६ गते शुभकामना आदानप्रदान (चियापानसहित) तथा सम्मान कार्यक्रम जस्ता गतिविधिहरू आयोजना गरिनेछ। यसैगरी, गत आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने एक संस्थागत र एक व्यक्तिगत करदातालाई सम्मानित गरिनेछ। साथै, उत्कृष्ट उपभोक्ता समिति, निर्माण व्यवसायी र संघसंस्थालाई पनि सम्मान प्रदान गरिनेछ।
थप रूपमा, नगरपालिका अन्तर्गतका कार्यालयहरूमा कार्यरत विभिन्न क्लष्टरका उत्कृष्ट कर्मचारीहरूलाई प्रत्येकलाई १५ हजार १५ रुपैयाँ नगद सहित पुरस्कृत गरिनेछ। उक्त एक दिन नगर कार्यपालिका कार्यालय र वडा कार्यालयहरुको अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द हुने जनाइएको छ ।






