बूढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित मिलन चोकमा बाटो ढलान कार्य सम्पन्न भएको छ। मिलन चोक क्षेत्रको गणेश मंदिर देखि तरकारी बजार र जोशेफ विद्यालय सम्मको करिव १९० मिटर बाटो ढलान भए संगै उक्त क्षेत्रमा सुधार आएको छ।

सार्वजनिक यातायात, मोटरसाईकल, स्थानीय लगायत विद्यार्थीहरुले  दैनिक आवत जावतको लागि प्रयोग गर्ने  मिलचोक क्षेत्रको बाटोमा स्तरोन्नतिको काम भए संगै धुलो, सडक जाम,  हिलो बाटो , वस्ति डुवान जस्ता गुनासोहरु सम्बोधन भएको छ।

घना आवासीय तथा व्यवसायिक क्षेत्र भएको मिलनचोक क्षेत्रलाई  कपन क्षेत्रको ‘मुटु’ भनिने गरीएको छ।

वडा नं १० मा सडक र बाटोको स्तरोन्नति हुन नसक्दा स्थानीयहरुले पाएको असुविधालाई निर्क्यौल गर्ने उद्देश्यले वडा बाट “नवजागरण वस्ति देखी ह्याण्डबल मैदान” सम्म र मिलन चोक क्षेत्रको “भण्डारी गार्मेन्ट देखि गणेश मंदीर हुदै तरकारी बजार” सम्मको दुई खण्डको बाटो स्तरोन्नति परीयोजना बनाएको थियो। परियोजनालाई कार्यन्वयन गर्नको लागि वडाले उपत्यका विकास प्राधिकरण संग आवश्यक बजेट प्रस्ताव गरी बाटो स्तरोन्नति कार्य अघि बडाएको थियो।

परियोजनाको लागि प्राधिकरण बाट आर्थिक वर्ष २०७६\७७ मा  रु.५,३३,८६,१४५\- विनियोजन भएको थियो। “परीयोजना अन्तर्गतको नवजागरण वस्ति देखि ह्याण्डबल मैदान सम्मको ३०० मिटर बाटो ढलान सम्पन्न भईसकेको छ भने अहिले भएको मिलनचोक क्षेत्रको २०० मिटर बाटो ढलान समेटि योजनाको ८०% काम सकिएको छ”, वडा अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

“यस योजनामा बाटो ढलान संगै ढल विस्तार, ड्रेन पाईप, नालि व्यवस्थापन तथा आवश्यक स्थानहरुमा पर्खाल लगाउने काम पनी भएको छ”, भट्टराईले थप्नु भयो। योजनाको बाँकि रहेको भण्डारी गार्मेन्ट देखि मिलनचोक सम्मको ३०० मिटर बाटोमा कालोपत्रे गर्ने काम केहि हप्ता भित्रै सुरु हुनलागेको जानकारी उहाले दिनु भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय