बुढानिलकण्ठ नगरपालिकामा डिजिटल हिंसा विरुद्ध १६ दिने अभियान मंसिर ९ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको छ। उद्घाटन कार्यक्रम बुढानिलकण्ठ नगरपालिका कार्यालयमा सम्पन्न भएको थियो, जहाँ नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराई, तथा बुढानिलकण्ठ प्रहरी प्रभागका प्रहरी निरीक्षक नारायण सिंह बिष्टको विशेष उपस्थिति रहेको थियो।

यस वर्षको अभियान “सबै महिला तथा बालिकाविरुद्धको डिजिटल हिंसा अन्त्य गर्न एकजुट हौं” (Unite to End Digital Violence Against All Women and Girls) भन्ने नाराका साथ सञ्चालन भइरहेको छ। कार्यक्रममार्फत डिजिटल माध्यमबाट हुने हिंसा, दुर्व्यवहार, अनलाइन सुरक्षा, दुरुपयोगको पहिचान तथा न्यूनीकरणका उपायबारे समुदायमा सचेतना विस्तार गर्ने लक्ष्य लिइएको छ।

अभियानको क्रममा विभिन्न विद्यालय, स्थानीय समुदाय, महिला समूह तथा सरोकारवालामाझ पहुँच विस्तार गर्दै डिजिटल सुरक्षाबारे अभिमुखिकरण, प्रशिक्षण, अन्तर्क्रिया कार्यक्रम तथा जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। महिला तथा बालिकामाथि बढ्दै गएको डिजिटल हिंसालाई रोकथाम गर्न सामूहिक अभियान आवश्यक रहेको भन्दै आयोजकहरूले सबैलाई सक्रिय सहभागिताको आह्वान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय