काठमाडौँ, २०८२।०८।०८, बुढानीलकण्ठ नगरपालिकाले यहि मंसिर १३ गते शनिबार बिहान ७:३० बजे हात्तीगौँडाबाट १२ औँ नगर स्थापना दिवसको अवसरमा साइकल र्याली आयोजना गर्न लागेको छ।नगरपालिकाका अनुसार र्यालीमा नगरवासी, जनप्रतिनिधि, कर्मचारी, Gen-Z युवा–युवती, नागरिक समाजका प्रतिनिधि, समाजसेवी र पर्यटकहरू सहभागी हुन सक्नेछन्। सहभागीहरूले अनिवार्य Google फारम वा नगरपालिकामा गई फारम भर्नुपर्नेछ। उक्त फारम मिति २०८२ साल मंसिर ११ गते कार्यालय समयभित्र भर्नु पर्नेछ।
साइकल र्यालीका सन्दर्भमा नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले भने, “साइकल र्यालीले नगरवासीलाई स्वस्थ र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने होइन, यसले बुढानीलकण्ठको हराभरा पहाड, सांस्कृतिक स्थल र स्थानीय पर्यटनलाई समेत विश्वसामु चिनाउने अवसर प्रदान गर्नेछ। हामी सबै नागरिक र पर्यटकलाई उत्साहपूर्वक सहभागी हुन आह्वान गर्छौं।”
साइकल र्यालीमार्फत बुढानीलकण्ठको पर्यावरणीय सुन्दरता, सांस्कृतिक सम्पदा र स्थानीय व्यवसायहरू समेत प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
सहभागीले Google फारम लिंक वा QR बाट फारम भर्न सक्नेछन
https://docs.google.com/forms/d/e/1FAIpQLScmAUUSqHBOv8G1KkgcmzXajUK8D3VVeuRwvybrwXQn06YMiA/viewform?usp=publish-editor
थप जानकारीका लागि, भोलाराज ढुङ्गाना, शाखा अधिकृत (९८४३१३८२७३) सँग सम्पर्क गर्न सकिनेछ।नगरपालिकाले यस साइकल र्याली मार्फत सक्रिय जीवनशैली, समुदायमा सहभागिता र स्थानीय पर्यटन प्रवर्द्धनलाई सुदृढ बनाउने योजना बनाएको छ।







