बूढानीलकण्ठ नगरपालिकामा ३ महिने निःशुल्क ग्राफिक डिजाईनिङ तालिम फागुन १६ गतेबाट सुरु भएकाे छ ।
यस तालिममा नगर भित्रका सबै वडाहरूबाट छनाैट भएका ४२ जना युवाहरुलाई “निः शुल्क ग्राफिक डिजाईनिङ कोर्ष” प्रदान गरिदै छ । यस तालिमकाे उदेश्य युवाहरुलाई सीप सिकाइ, प्रशिक्षण पश्चात रोजगारीका अवसरहरू प्रदान गरि उहाँहरूकाे पेशागत विकासमा सहयोग पुर्याउनु हाे ।
तालिम नगरपालिका वडा नं ०३ मा रहेको बूढानीलकण्ठ माध्यमिक विद्यालय र वडा नं १३ मा रहेको जन उद्दार माध्यमिक विद्यालयमा बेलुका ३ बजे देखि ५ बजे सम्म सञ्चालन भइरहेकाे छ ।
फागुन १४ गते नगरप्रमुखकाे अध्यक्षतामा संचालित ग्राफिक डिजाईनिङ तालिमकाे अभिमुखिकरण कार्यक्रममा उप प्रमुख रमा देवी राई, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटा, विषयगत शाखाका प्रतिनिधिहरू र छनाैट भएका सहभागीहरूकाे उपस्थिति रहेकाे थियाे । नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत ज्यूले अभिमुखिकरणकाे क्रममा चयन भएका सहभागीहरूलाई बधाई दिँदै यस अवसरकाे अधिकतम लाभ लिनुहुन आग्रह गर्नुभएकाे छ ।