नगरस्तरीय विपद जाेखिम न्यूनिकरण सचेतना कार्यक्रम फागुन ३ गते सम्पन्न भएकाे छ ।
यस कार्यक्रममा बहुप्रक जाेखिम न्यूनिकरणकाे सन्दर्भमा रेडक्रस सोसाईटी काठमाडाैँ जिल्ला उत्थानशील नगर प्रवर्द्धन र सहभागीता (SURE) कार्यक्रमले गरिरहेकाे गविधिहरू बारे नगरपालिकाकाे विषयगत शाखा र कार्यक्रम संचालित उच्च जाेखिमका वडाहरू १, ५, र १३ नं. का उपभाेक्ता समितिकाे प्रतिनिधिहरूलाई जानकारी दिइएकाे छ ।
यसका साथै, विपद जाेखिम न्यूनिकरण सँग सम्बन्धित नेपाल सरकारकाे नितिगत व्यवस्था र बूढानीलकण्ठ नगरपालिकाले हाल सम्म तयार पारेकाे ऐन, नियम र कार्ययाेजना सम्बन्धि प्रस्तुतीकरण र छलफल समेत भएकाे छ ।
प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटाले उत्थानशीलताकाे व्यवहारिक याेजनाहरू बारे छलफल गर्दै संगसंस्थाहरू सँगकाे सहकार्यमा एउटा नितिगत याेजना बनाउनु पर्ने विषयमा जाेड दिनु भएकाे छ ।
नगरप्रमुख उद्धव प्रसाद खरेल ज्यूकाे अध्यक्षतामा बसेकाे यस वैठकमा प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटा, प्रशासकिय अधिकृत जयराम गजुरेल, रेड क्रस साेसाईटी काठमाडाैँ – बूढानीलकण्ठ उपशाखाबाट नवराज भट्टराई, जिल्ला कार्यक्रम संयाेजक शारदा खतिवडा तथा नगरपालिकाका विषयगत शाखा, महाशाखाका प्रतिनिधिहरू र वडा नं. १, ५, र १३ का उपभाेक्ता समितिकाे प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।