बूढानीलकण्ठ नगरपालिका वडा नं ०२ बाढेपाखा स्थित बि.एम.सि.ए. मार्गको बाटो ढलान कार्य सम्पन्न भएको छ। बि.एम.सि.ए विद्यालय नजिकैको धोवि खोला पुल देखी बाडेपाखा हाईट सम्मको २०६ मिटर बाटो ढलान भएको हो।

करिव ५० घर धुरी भएको यस वस्तिमा बाटोको स्तर उन्नति हुन नसक्दा स्थानीयहरु आवत जावतमा निकै समस्या भोगिरहेको गुनासो गर्दै आएका थिए। आपतकालिन आगलागि तथा बिरामीको अवस्थाहरुमा  एम्बुलेन्स र दमकलको आकस्मिक सेवा लिन समेत कठिनाई भएको घटनाहरु  स्थानीयको प्राथमिक गुनासोहरु मध्यका थिए।

वडा नं ०२ को पिछडिएको वस्ती मानिएको बाढेपाखा क्षेत्रमा भएको यस बाटो ढलान कामले वस्तीको स्तरोन्नति र विकासमा सकारात्मक  सहयोग पुगेको छ।

यस क्षेत्रमा स्थानीयको समस्या र गुनासोहरुको सुनुवाई गर्दै सेवा दिने उद्देश्यले वडाबाट बाटो ढलान योजना बनाई काम सुरु भएको हो। नगरपालिकाको आर्थिक वर्ष २०७७\७८ को  बिनियोजित बजेट १ करोड बाट पुष महिनामा सुरु भएको योजनाको काम सम्पन्न भएको छ

उक्त मार्गमा बाटो ढलान भए संगै केहि खण्डहरुमा आवश्यक ५० मिटर पर्खाल, नालि व्यवस्थापनको लागि ५० मिटर ड्रेन र सडक बत्तिका पोलहरु समेत जडान भएको जानकारी वडा सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो। उहाले यस योजना सम्पन्न गर्न स्थानीयको पनी निकै सहयोगि भुमिका रहेको बताँउदै बाटो संरक्षण र विकासको लागी वडा सक्रिय रहेको बताउनुभयो।

 

विगतमा कालोपत्रे गरीएको यस सडक खण्डको पछिल्लो ४ बर्ष देखि स्तर बिग्रिदै गएको थियो। बाटोको स्तर बिग्रिए संगै बर्षामा हुने बाढी, पहिरोको कारण निम्तिने खाल्डा खुल्डिले गर्दा स्थानियको आवत जावतमा निकै समस्या भोगिरहेका थिए। स्थानीयहरु अहिले भएको सुधारले वस्तिमा विकासको महसुस भएको र स्थानीय सरकारको विकास निर्माणको कार्यहरुमा स्थानीयले यसरीनै सहयोग गर्दै जाने जानकारी स्थानीय प्रतिनिधी प्रेम बहादुर थापाले दिए।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय