नगरपालिकामा मानव बेचविखन र बाल संरक्षण संवाद कार्यक्रम फागुन १६ गते सम्पन्न भएकाे छ । याे कार्यक्रम शक्ति समूहले “सुरक्षाका लागि साथ साथ” परियाेजना अन्तर्गत बूढानीलकण्ठ नगरपालिकामा संचालन गरेकाे हाे ।
यस कार्यक्रममा शक्ति समूहका प्रतिनिधिहरूले मानव बेचविखन र बाल संरक्षण, स्थानीय सरकार र विद्यालय स्तरीय बाल क्लबहरूकाे भूमिका र बाल अधिकार समितिकाे गठन प्रकृयाका विषयमा जनप्रतिनिधि, विषयगत शाखाका कर्मचारी र बाल क्लबका प्रतिनिधि विद्यार्थीहरू सँग छलफल गर्नुभएकाे थियाे ।
संवादमा मानव बेचविखन रोकथामका लागि स्थानीय निति नियम बनाउने देखी पीडित पहिचान, सरकारी संयन्त्रहरूमा बाल क्लबहरूकाे पहुँच सुनिश्चित गर्ने विषयहरू पनि समेटिएकाे थियाे ।
शक्ति समूहले मानव बेचविखन रोकथामको लागि जोड दिँदै हाल ३ प्रदेशमा, ११ जिल्ला र २० स्थानीय तहमा याे कार्यक्रम संचालन गरिरहेकाे छ । आगामी दिनहरूमा यस नगरपालिका भित्रका विद्यालय, सरकारी संयन्त्र र समुदायमा विभिन्न क्रियाकलापका साथै बाल आश्रय घरहरूलाई केस प्रबन्धन र मनाेसामाजिक परामर्श तालिम दिने याेजना रहेकाे छ ।