
बुढानीलकण्ठ नगरपालिकाको उद्यम विकास शाखाद्वारा आयोजित मौरी पालन सिप विकास तालिम अन्तर्गत सहभागीहरुलाई एक दिने स्थलगत अध्ययन अवलोकन गराईएको छ ।
असार ०४ गते उप-प्रमुख अनिता लामा, वडा नं. ३ अध्यक्ष आकाश धिताल सहित शाखा प्रमुख शान्ति ढकाल, उद्यम सहजकर्ता सरस्वति लोहार लगायत सहभागीहरु सहित ललितपुर, धापाखेल स्थित माउन्टेन बि कर्न्सनमा जानु भएको थियो ।
कार्यक्रमले सहभागीहरूलाई मौरी पालनको व्यावहारिक ज्ञान, प्रविधि र आधुनिक तरिकाहरूसँग परिचित गराउनुका साथै यस व्यवसायबाट आम्दानी अर्जन गर्ने अवसर प्रदान गरेको उपप्रमुख अनिता लामाले जानकारी दिनुभयो । उहाँले यस्ता प्रशिक्षणहरूले स्थानीय युवा तथा किसानहरूको आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सहभागीहरूलाई आगामी दिनमा यस क्षेत्रमा अग्रसर हुने आशा व्यक्त गर्नुभएको छ ।
यस अवसरमा सहभागी सबै सहभागीलाई उनीहरूको सिकाइ यात्रामा सफलता र मौरी पालन व्यवसायमा राम्रो प्रगति हुन शुभकामना दिइएको छ । नगरपालिकाले यस्ता रोजगारमूलक प्रशिक्षणहरू भविष्यमा पनि जारी राख्ने बताएको छ।