बुढानीलकण्ठ, काठमाडौं — “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने नारासहित मनाइँदै आएको ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस २०८२ को सन्दर्भमा बुढानीलकण्ठ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मिति २०८२ चैत्र २ गते, सोमबार आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा बुढानीलकण्ठ नगरपालिकाक उप–प्रमुख अनिता लामा उपस्तथि रहेको थियो। आफ्नो सम्बोधनका क्रममा उप–प्रमुख लामाले महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तिकरणका विषयमा राज्य, स्थानीय तह तथा समुदाय सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउदै महिलालाई निर्णय प्रक्रियामा सक्रिय सहभागिता गराउँदै उनीहरूको क्षमता अभिवृद्धि र अवसर विस्तार गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराए।
अन्तरक्रिया कार्यक्रममा महिला तथा बालिकाको अधिकार, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण तथा सुरक्षित वातावरण निर्माणका विषयमा सहभागीहरूबीच खुला छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, महिला समूह, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।कार्यक्रमका सहभागीहरूले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न, समान अवसर सुनिश्चित गर्न तथा समाजमा सकारात्मक सोचको विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक वर्ष मार्च ८ का दिन विश्वभर मनाइँदै आएको छ। यस वर्षको नाराले महिला तथा बालिकाका लागि अधिकार, न्याय र कार्यान्वयनसहितको अवसर सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ।






