बुढानीलकण्ठ युवा परिषद् वडा नं. ०८ को आयोजनामा आज एस.ई.ई. Appeared Futsal Cup 2025 सम्बन्धी पत्रकार सम्मेलन तथा टाइ-शीट ड्र कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौंको काष्ठमण्डप विद्यालयको हल आयोजना गरिएको थियो।

कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, युवा परिषद्का सदस्यहरू तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, खेल तालिका तथा व्यवस्थापनका बारेमा जानकारी दिइयो। यस प्रतियोगितामा २० टिमको सहभागिता रहनेछ भने ५ टिमको स्थान खुला राखिएको छ।

टाइ-शीट ड्र पारदर्शी रूपमा सार्वजनिक रूपमा सम्पन्न गरिएको हो, जसबाट खेल तालिका निर्धारण गरिएको छ। कार्यक्रममार्फत युवा क्षमता विकास, खेलकुद प्रवर्द्धन तथा सामाजिक एकता सुदृढ गर्ने लक्ष्य लिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय