मेलमिलाप सम्बन्धी ३ दिने पुनर्ताजगी तालिम फागुन १६ गते देखी सुरू भएकाे छ । बूढानीलकण्ठ नगरपालिकाले सम्भव मेलमिलाप केन्द्र सँगकाे सहकार्यमा याे तालिम आयाेजना गरेकाे हाे ।
मेलमिलाप गराउने कला, सैद्धान्तिक र व्यवहारिक ज्ञान सम्बन्धी गत वर्षहरूमा दिईएकाे तालिमकाे ज्ञान ताजा गर्न र अनुभव समिक्षा गर्नका लागि यस कार्यक्रममा १३ वटै वडाका २६ मेलमिलाप कर्ताहरूलाई सहभागी गराईएकाे छ ।
यस तालिममा विवाद, मेलमिलाप र सिद्धान्त, नेपालमा मेलमिलापकाे पृष्टभूमि र कानुन, मेलमिलापकाे चरण र तरिका, न्यायिक समितिकाे भूमिका र प्रक्रियाका विषयमा पुनर्ताजगी तालिम दिइने छ ।
मेलमिलाप प्रणालीबाट आपसी सहमति र मैत्रीभावले स्थानीय तहमा न्याय सम्पादन गर्नका लागि मेलमिलाप कर्ताहरूकाे महत्वपूर्ण भूमिका रहेकाे हुँदा याे तालिम जरूरी रहेकाे उप प्रमुखले बताउनु भएकाे छ ।
उपप्रमुख तथा न्याायिक समिति संयाेजक रमा देवी राईकाे अध्यक्षतामा संचालित यस कार्यक्रमकाे उट्घाटन नगरप्रमुख द्वारा गरिएकाे थियाे । यसका साथै नगरपालिकाका वडा अध्यक्षहरू, काठमाडाैँ जिल्ला न्यायधिश श्रीमान प्रकाश ढुंगाना, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटा, सम्भव मेलमिलाप केन्द्रका पदाधिकारीहरू लाइ अतिथिकाे रूपमा आमन्त्रित गरिएकाे थियाे ।