नेपाली युवा प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न, पहिलोपटक राष्ट्रिय जुनियर (२० वर्ष मुनिका) बुद्धिचाल प्रतियोगिता–२०८२  जेठ २९ (आज) बाट  बुढानीलकण्ठ नगरपालिकामा सुरु भएको छ ।

बुढानीलकण्ठ युवा परिषद्को आयोजना, बुढानीलकण्ठ नगरपालिका बुद्धिचाल संघको सहकार्य, र नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा आयोजित प्रतियोगिता त्रिज्योति उच्च माध्यमिक विद्यालय, बुढानीलकण्ठ, वडा नं १२— मा सञ्चालन भइरहेको छ ।

प्रतियोगिताको आज संघिय सांसद माननीय योगेश भट्टराईको विशीष्ठ आतिथ्यतामा,  नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतता र वडा नं. १२ अध्यक्ष शम्भु भट्टराई लगायत नगर युवा परिषद कार्यकारी सदस्य दिपक तामाङ, नेहा गुरुङ, नेपाल नेपाल बुद्धिचाल महासंघको महासचिव धर्म बहादुर लामाको उपस्थितिमा  उद्घाटन गरीएको थियो ।

प्रतियोगितामा नेपालभरबाट २० बर्ष मुनिका १५२ जना सहभागीले प्रतिस्पर्धा गर्दै छन् । जस मध्य छात्र १२० जना र छात्रा ३२ जना रहेको संयोजक दिपक तामाङले जानकारी दिए । यो एफआईडीईद्वारा मान्यता प्राप्त राष्ट्रियस्तरको प्रतियोगिता (Event Code: 426022 / 426023) रहेको उहाँले जोड्नुभयो ।

थप जानकारीः

पुरस्कार विवरण:

प्रतियोगिताका मुख्य श्रेणी (छात्र/छात्रा) विजेताहरूलाई ट्रफी, प्रमाणपत्र र पदकसहित आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।

स्थान छात्र वर्ग छात्रा वर्ग
प्रथम रु ४०,००० रु ४०,०००
दोस्रो रु २५,००० रु २५,०००
तेस्रो रु १५,००० रु १५,०००
चौथो रु १०,००० रु १०,०००
पाँचौँ रु ७,५०० रु ७,५००

साथै, विभिन्न उमेर समूह (U-8, U-10, U-12, U-14, U-16, U-18) अन्तर्गत छात्र र छात्रा दुवैका लागि रु १,५०० नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रमुख उद्देश्यहरू:

  • नेपाली नयाँ पुस्तामा बुद्धिचालको प्रचार–प्रसार।

  • राष्ट्रियस्तरमा नयाँ प्रतिभाको पहिचान तथा प्रोत्साहन।

  • समावेशी र बौद्धिक खेल संस्कृतिको प्रवर्द्धन।

  • नेपाल बुद्धिचाल महासंघको दीर्घकालीन लक्ष्यअनुसार बुद्धिचालको राष्ट्रिय विकास।

प्रतियोगिताको विशेषता:

  • योग्यता: सन् २००५ जनवरी १ पछि जन्मिएका सम्पूर्ण नेपाली खेलाडीहरू।

  • प्रवेश शुल्क: महासंघमा दर्ता भएका खेलाडीहरूका लागि निःशुल्क

  • प्रतिस्पर्धी संख्या: अनुमानित २२०+ खेलाडी, केटा–केटी दुवै समावेश।

  • खेल प्रणाली: एफआईडीई नियमानुसार ९ राउण्डको स्विस प्रणाली

  • समय नियन्त्रण: प्रति खेलाडी ६० मिनेट + चालसँगै ३० सेकेन्ड वृद्धि।

  • डिफल्ट समय: तोकिएको समयबाट ३० मिनेटपछि अनुपस्थित खेलाडी पराजित मानिने।

तालिका (२०८२ साल अनुसार):

मिति कार्यक्रम समय
जेठ २९ उद्घाटन समारोह बिहान ९:३० बजे
जेठ २९ राउण्ड १–३ बिहान १०:०० बजे
जेठ ३० राउण्ड ४–६ बिहान १०:०० बजे
जेठ ३१ राउण्ड ७–९ बिहान ९:३० बजे
जेठ ३१ समापन समारोह दिउँसो ३:०० बजे

नेपालको बुद्धिचाल इतिहासमा एक नयाँ अध्याय सुरु गर्न गइरहेको यस प्रतियोगिताले देशभरका होनहार युवाहरूलाई एउटा साझा मञ्च प्रदान गर्दै बुद्धिचाल खेलको भविष्य निर्माणमा सशक्त योगदान पुर्‍याउने विश्वास गरिएको छ। बौद्धिक सोच, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकासमा यो कार्यक्रम मीलको पत्थर सावित हुने आयोजकको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय