काठमाडौं, जुन ५। विश्व पर्यावरण दिवसको अवसरमा Ncell फाउन्डेशनले (BIN THERE! HACKED THAT!) नामक एक नवीनात्मक आयोजना सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रम खालिसिसि™ (KHAALISiSi) ™ र बुढानीलकण्ठ नगरपालिकाको सहयोगमा आयोजना गरिएको थियो ।

प्रतियोगितामा ecoloop टिमले प्रथम स्थान, fullstackzerowaste ले दोस्रो स्थान र source code टिमले तेस्रो स्थान हात पारे। विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो। यसरी, यस कार्यक्रमले पर्यावरणीय जागरूकता र सस्टेनेबल समाधानको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

तस्विरहरुका लागीः https://www.facebook.com/share/p/1AAUgecQ9p/

कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित हुनुभएका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले यस्ता नवीन पहलहरू मार्फत नै हामीले शहरको कच्च्याट व्यवस्थापनमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने संकेत रहेको जानकारी दिनु भयो । उहाँले जोड्नुभयो,- “प्रविधि र युवा प्रतिभाको संयोजनले पर्यावरण संरक्षणमा नयाँ सम्भावना खोल्नेछ।”

कार्यक्रमको विशेष अतिथिका रूपमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला र नगर प्रवक्ता नवराज भट्टराई उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय