
काठमाण्डौ ,जेष्ठ २२।
नेसनल प्याब्सन बुढानीलकण्ठ नगर कार्य समिति गठनका बारेमा नगरपालिकालाई जानकारी प्रदान गरिएको छ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलाई नेसनल प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राजेन्द्र पुडासैनीले समिति गठन गरिएको जानकारी पत्र बुझाएका छन।
बुढानीलकण्ठ नगरपालिका शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह र सामाजिक विकास समिति संयोजक तथा शिक्षा समिति सदस्य शान्ता ढकाल पुडासैनी, वडा नं ६ का अध्यक्ष रवी खड्का सहितको उपस्थितिमा जानकारी पत्र बुझाउदै नेसनल प्याब्सन बुढानीलकण्ठले आफ्नो समितिलाई नगरका संरचना र समितिहरुमा आधिकारिक प्रतिनिधित्वका लागि आग्रह गरिएको छ।
नेसनल प्याब्सनका केन्द्रीय सदस्य भिष्म ढकाल,बागमती प्रदेस अध्यक्ष देव नारायण महतो, जिल्ला कमिटी अध्यक्ष अमृत खड्का, उपाध्यक्षहरु प्रेम कुमार भुजेल, समिर बास्तोला ,नारायण बाबु तिमल्सिना, जिल्ला सदस्यहरु खेम प्रसाद मिश्र र महेश पौडेल लगायतको उपस्थिति रहेको सो अवसरमा काठमाण्डौ जिल्लामा नेसनल प्याब्सनका ६ वटा नगर समिति यथावत रहेको र बुढानीलकण्ठ नगर समितिमा पुनर्गठन गरिएको जानकारी पनि दिइएको थियो।
नेसनल प्याब्सन बुढानीलकण्ठको जानकारी पत्र :