वडा नं ०६ मा नगर स्तरीय सामुदायिक विपद व्यवस्थापन प्रतिकार्य तालिम सुरु भएको छ। च्यासुण्डोल युवा क्लबको आयोजनामा हुन लागेको तालिममा नेपाली सेना विपद व्यवस्थापन १ नं गण , सुन्दरीजलले प्रशिक्षण गर्न लागेको हो।

नगरमा हुने विपदका घटनाहरुलाई सामुदायिक स्तरमा प्रतिकार्य र व्यवस्थापनको आधारभुत सिप प्रदान गर्ने उद्दयश्यले सुरु भएको यस तालिममा नगर भित्रको बिभिन्न कल्बका २५ प्रतिनिधीहरु लगायत ५ जना नगरप्रहरी सहभागि छन्। चार दिन सम्म सञ्चालन हुने तालिमको आईतबार एक समारोह मार्फत उद्घाटन भएको छ।

“नेपाली सेनाका बिज्ञ प्रशिक्षकहरु द्वारा सहभागिहरुलाई आगलागी नियन्त्रण, पहिरोमा पुरिएका तथा पानिमा डुबेका व्यक्तिहरुलाई उद्दार, प्राथमिक उपचार विधी, आधारभुत जिवन सुरक्षा ज्ञान लगायत रोग जन्य महामारीको स्थितिमा गर्न सकिने प्रतिकार्यका  सिपहरुको विषयमा अभ्यास मुलक प्रशिक्षण दिन लागिएको हो” , प्रशिक्षण संयोजक नेपाली सेना सेनानि वरुण दर्शनधरी ले जानकारी दिनु भयो।

 

तालिमको उद्घाटन कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेल, वडा नं ०६ अध्यक्ष नविन के.सी. , नेपाली सेना सेनानि वरुण दर्शनधरी, सह-सेनानि सुर्य प्रकाश राई, च्यासुण्डोल युवा क्लब अध्यक्ष विकास खत्रि, समाजसेवि प्रदिप डंगोल, श्याम के.सी. सहभागि तालिम शिक्षार्थि लगायत स्थानियको उपस्थिति थियो।

नगरपालिकामा विपद सम्बन्धि तालिम तिव्र रुपमा सञ्चालन भईरहेको छ। “नगरपालिकाले प्रकोप तथा विपदबाट हुन सक्ने जन-धनको क्षतिहरुलाई न्युनिकरण र नियन्त्रणको लागि सामुदायिक स्तर बाट जनशक्ति उत्पादन गर्ने प्रकृया निरन्तरताको लागि यस किसिमको तालिमहरुले थप सहयोग गरीरहेको छ”, नगर प्रमुख उद्दव प्रसाद खरेलले बताउनुभयो।

उद्घाटन कार्यक्रममा उपस्थित वडा अध्यक्ष नविन के.सी. ले  केहि समय अघि वडामा घटेको एक विपदको अवस्थामा प्रतिकार्यको लागि जनशक्ति उपस्थित भएपनि स्थिति नियन्त्रण गर्ने उपयुक्त सिप नभएको कारण ठुलो क्षती व्यहोर्नु परेको यथार्थ सुनाउँदै यस सिप मुलक प्रतिकार्य तालिम सञ्चालन गरीएको जानकारी दिनु भयो। उहाले  सहभागिहरुलाई तालिम अवधि भर अनुशासनमा रहेर  तालिम लिन अनुरोध गर्दै प्रशिक्षण टोलि नेपाली सेनालाई विशेष धन्यवाद दिनु भएको थियो।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय