
जैशिदेवल युथ क्लबको आयोजनामा हुन गईरहेको “पाँचौ बागमति प्रदेश स्तरिय मेयर कप तेक्वान्दो प्रतियोगिता – २०८१” मा बुढानीलकण्ठ नगरपालिकाको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका २२ जना तेक्वान्दो खेलाडि, प्रशिक्षक तथा व्यवस्थापकलाई उत्प्रेरित तथा हौषला प्रदान गर्ने उद्देश्यका साथ बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास समितिबाट २२ थान ट्रयाकशुट हस्तान्तरण गरिएको छ ।
चैत्र २७ गते नगर सभाहल मा एक विशेष कार्यक्रम आयोजना गर्दै खेलकुद विकास समिति अध्यक्ष सुमन तामाङ, वडा नं ०३ अध्यक्ष आकाश धिताल, प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौला, प्रशासकीय अधिकृत महेश प्रसाद पाठक,नगर युवा परिषद सदस्य दिपक तामाङ लगायत खेल प्रशीक्षक तथा खेलाडिहरुको उपस्थितिमा खेल सामाग्री हस्तान्तरण गरिएको हो । उपस्थिति सम्पुर्ण अतिथिहरुले खेलाडिहरुलाई शुभकामना व्यक्त गर्दै प्रतियोगिताको लागि विदाई गर्नु गर्नुभएको छ ।
प्रतियोगिता यहि चैत्र २९ र ३० गते नागर्जुन नगरपालिका स्थित स्युचाटार तेक्वान्दो हलमा संचालन हुन लागेको छ । यस प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिकाको प्रतिनिधित्व गर्दै जान लागेका तेक्वान्दो समुहको टिम प्रशिक्षकको रुपमा दिपक दुलाल हुनुहुन्छ भने व्यवस्थापकमा संजय श्रेष्ठ हुनुहुन्छ ।