बुढानीलकण्ठ नगरपालिका सहकारी शाखाले “शुभकामना आदानप्रदान तथा सहकारी दर्पण २०८१ विमोचन र आगामी आर्थिक वर्षको बजेट तथा निती कार्यक्रमको सुझाव संकलन” कार्यक्रम संचालन गर्न लागेको छ ।

शाखाले ६८औं सहकारी दिवसको अवसरमा चैत्र २० गते बुढानीलकण्ठ नगरपालिका भित्र संचालनमा रहेका सहकारी संस्था तथा सरोकारवाला सम्बन्धित सबैको सहभागितामा कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा बिहान ०७ प्रभातफेरी र ०८ बजेबाट दर्पण विमोचन हुने तालिका रहेकोले नगरपालिकामा रहेका सहकारी संस्थाबाट सबै सहकारीकर्मी आफ्नो संस्थाको ब्यानर र पोषाक सहित बुढानीलकण्ठ-८ गोल्फुटार वास्केटवल ग्राउण्डमा भेला हुन शाखाले सचना जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय