
बुढानीलकण्ठ नगरपालिका, उद्योग तथा पर्यटन शाखाले होमस्टे सम्बन्धी तालिम संचालन गर्न लागेको छ ।
आ.व. २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत स्थानीय उत्पादन, कला, संस्कृति, मूर्त एवं अमूर्त सम्पदाको संरक्षण, प्रवर्द्धन एवं पर्यटन विकास गर्दै नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यले घरआवास (होमस्टे) सञ्चालन सम्बन्धी आधुनिक तथा व्यावसायिक तालिम कार्यक्रम सञ्चालन हुन लागेको हो ।
तालिममा सहभागी हुनका लागी नगरपालिकाभित्र आफ्नो घरआवास भएका तथा घरआवास भाडामा लिई होमस्टे सञ्चालन गर्न इच्छुक नेपाली नागरीकलाई प्रथम पटक मिति २०८१/१०/०८ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा पर्याप्त मात्रामा आवेदन नपरेको हुँनाले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र नगरपालिकाको उद्योग तथा पर्यटन शाखामा तोकीएको ढाँचामा आवेदन दिनुहुन शाखाले आव्हान गरेको छ।
१. आवेदनको फारामको ढाँचा नगरपालिकाको उद्योग तथा पर्यटन शाखा वा नगरपालिकाको वेवसाइट www.budhanilkanthamun.gov.np मा प्राप्त, सकिनेछ ।
२. आवेदकको घरआवास भएको प्रमाण तथा भाडामा लिएको भएको सोको सम्झौताको प्रतिलिपी समेत आवेदनका साथ पेश गर्नुपर्नेछ ।
३. थप जानकारीका नगरपालिकाको उद्योग तथा पर्यटन शाखामा अर्थात मो. ९८६८००५३७५ मो. ९८४७४२२४७५ मा सम्पर्क गर्न सकिनेछ ।