बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा पहिलो पटक ‘बुढानीलकण्ठ नगरपालिका उपत्यकाव्यापि सितोरियो कराते मेयर कप-२०८१’ आयोजना गरिने भएको छ।

आयोजकले आज गल्फुटार स्थित नेवा भुई छे मा पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी दिएको छ ।

कराते खेलको प्रवर्द्धन गर्दै युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने मुख्य उद्देश्यका साथ प्रतियोगिता हुन लागेको आयोजकले जनाएका छन् ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालय, कराते डोजोहरू तथा क्लबहरूबाट खेलाडीहरूको सहभागिता रहनेछ। काता र कुमिते दुवै विधामा प्रतिस्पर्धा गराइनेछ।

आज भएको पत्रकार सम्मेलनमा बागमती प्रदेश सांसद जयराम थापा प्रमुख अतिथिको रुपमा आउनुभएको थियो भने नगर खेलकुद संयोजक सुमन तामाङ लगायत प्रतियोगिता संयोजक एवं नेपाल सितोरियो कराँते संघका केन्द्रिय सचिव प्रेम लामा, आठौ साफको गोल्ड मेडलिस्ट राजेश श्रेष्ठ, डब्लु. बि. सि का नेपाल प्रतिनिधि दिपक तामङ तथा खेलाडिहरको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका प्रमुख उद्देश्यः

  • युवा खेलाडीहरूलाई खेलकुदमा सक्रिय रूपमा सहभागी गराउने।
  • अनुशासन, आत्मविश्वास र आत्मरक्षाको कला विकास गर्ने।
  • खेलकुदमार्फत स्वस्थ समाज निर्माणमा योगदान दिने।
  • खेलाडीहरूलाई सम्मान गर्ने।

प्रतियोगिताको विवरणः

  • मिति: २०७१ चैत २ गते
  • समय: बिहान ८:०० बजे देखि बेलुका ४:०० बजे सम्म
  • स्थान: बुढानीलकण्ठ नगरपालिकाको सभा हल तथा कार्यालय परिसर

प्रतियोगिता हेर्नका लागि विशेष आकर्षण रहने आयोजकले जनाएको छ। साथै, सम्पूर्ण पत्रकार मित्रहरू, खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूलाई कार्यक्रममा सहभागी भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आयोजकले आग्रह गरेको छ।

थप जानकारीको लागि:

  • सम्पर्क व्यक्ति: सुरज श्रेष्ठ (सम्पर्क नं. ९८४१४५६१२०)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय