बुढानीलकण्ठ नगरपालिका, कृषि विकास शाखाले कृषकहरूलाई कृषिमा सहुलियत प्रदान गर्न ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको छ। नगर प्रमुख मिठाराम अधिकारीले कृषकहरुलाई डिजेल र पेट्रोलबाट चल्ने दुई प्रकारका मिनि टिलरहरू वितरण गर्नुभएको हो ।

डिजेलबाट चल्ने १० वटा मिनि टिलर, जसको बजार मूल्य रु. ६५,००० रहेको छ, अनुदानका साथ वितरण गरिएको छ। यसैगरी, पेट्रोलबाट चल्ने ७ वटा मिनि टिलरहरू पनि उपलब्ध गराइएका छन्, जसको बजार मूल्य रु. ४५,००० रहेको छ। नगरपालिकाको यस सहयोगले कृषकहरूलाई खेतीपाती गर्न सजिलो हुने र उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

नगरपालिकाले कृषि यान्त्रीकरणलाई प्रवर्द्धन गर्न र कृषकहरूको उत्पादन क्षमतामा वृद्धि गर्न निरन्तर काम गरिरहेको छ। यस किसिमको अनुदानले स्थानीय कृषकहरूलाई आधुनिक कृषि प्रविधिको प्रयोगतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको नगर परमुख मिठाराम अधिकारीले बताउनुभयो ।

वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सी राम अर्याल, प्रशासकीय अधिकृत महेश पाठक, आर्थिक विकास महाशाखा प्रमुख केदार कुमार खड्का, र कृषि विकास शाखा प्रमुख लक्ष्मी घर्तीको उपस्थिति रहेको थियो।

नगरपालिकाका प्रमुख अधिकारीहरूले कृषकहरूलाई कृषि यन्त्रको प्रयोगबाट लाभ उठाउन प्रेरित गर्दै यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि जारी राखिने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय