नगरभित्रका रहेका महिला समूहहरूकाे पाचाै टाेलीलाई आधारभसूत तालिम दिईएकाे छ । महिला, बालबालिका तथा समावेशीकरण शाखाद्वारा संचालित यस तालिममा वडा नं. ११, १२ र १३ का महिला समूहहरूबाट २५ जना सहभागी रहेका छन । 

यस तालिममा महिलाकाे वर्तमान अवस्था, लिङ्ग, लैङ्गिकता तथा पितृसत्ताले पारेकाे असर र महिला सशक्तिकरणका लागी संस्थागत विकास बारे छलफल गरिएकाे थियाे । आय आर्जन गर्ने स्राेत र तरिका, याेजना, अर्थ, बचत तथा परिचालनका तरिकाका विषयहरू समेत यस तालिमले समेटेकाे छ ।

महिला तथा बालबालिका माथि हुने हिंसा तथा लैंगिक हिंसा निवारणकाे लागी निग्रहानी समूह,प्रजनन अधिकार र प्रजनन स्वास्थय तथा महिलाहरूकाे उद्यमशील सशक्तिकरणका विषयगत छलफल सँगै महिला अधिकारका मुख्य कानूनी प्रावधान सम्बन्धी विशेषज्ञहरूद्वारा तालिम दिईएकाे हाे ।

यसै सन्दर्भमा, उपप्रमुखले नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सुविधा, लैंगिक हिंसा निवारणका लागी स्थानीय तह र स्थानीय तहमा न्यायिक समितिकाे भूमिकाका बारेमा जानकारी तथा आधारभूत तालिम समेत दिनुभएकाे छ ।

तालिम मार्फत महिलाहरूकाे जागरण, स्वास्थय, बचत देखी लिएर उद्यमशील बन्ने क्षमतामा बृद्दि गराई उँहाहरूकाे जिवन परिवर्तन गराउने उदेश्य रहेकाे महिला, बालबालिका तथा समावेशीकरण शाखा अधिकृत राेशनी श्रेष्ठले बताउनु भएकाे छ । महिलाहरूकाे नेत्रित्व विकास, क्षमता अभिबृद्दि र समूह परिचालनमा सहयाेग पुर्याउनकाे लागि याे तालिम महत्वपूर्ण रहेकाे साेही शाखाका सहायक कर्मचारी गीता श्रेष्ठ के.सी. ले जानकारी गराउनु भएकाे छ । 

सहभागीहरूले ५ दिने आधारभूत तालिम मार्फत नेत्रित्व विकास, महिलाकाे हक अधिकार र समूह गठन गरी समाजमा अग्रसर भूमिका निर्वाह गर्न उत्प्रेरित भएकाे बताउदै यस्ताे तालिम नियमित अन्तरालमा वडा वडामा संचालन गर्न आग्रह गर्नु भएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय