बुढानीलकण्ठ नगरपालिकाले न्यूनतम रोजगारीमा संलग्न हुन चाहानेहरुका लागी अवसर प्रदान गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रहेको बुढानीलकण्ठ रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान नगरवासीहरुको लागी यो अवसर खुलाएको हो ।

न्यूनतम रोजगारीमा आवद्ध हुन चाहने चालु आ. व. २०८१/०८२ मा न्यून आय भएका वा स्वरोजगारमा संलग्न नरहेका १८ वर्ष देखि ५९ वर्ष उमेर समूहका इच्छुक बेरोजगार व्यक्तिले २०८१ फागुन महिनाभित्र  सम्बन्धीत वडा कार्यालयमा गई फारम भरीदिनुहुन नगरपालिकाले सम्पुर्णमा सूचना जारी गरेको छ ।

फारम भर्दा चाहिने कागजातहरुः

१. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
२. निवेदकको पासपोर्ट साईजको फोटो- १ प्रति
३. निवेदन दिने व्यक्तिको विवाह दर्ता वा बसाईसराई दर्ता गरेको भए सो को प्रतिलिपि – १ प्रति
४. निवेदन दिने व्यक्तिले कुनै सिपमूलक तालिम लिएको भए उक्त तालिमको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
५. निवेदन दिने व्यक्तिको शैक्षिक योग्यताको हकमा प्रमाणपत्रहरुको प्रतिलिपि १/१ प्रति (नभएमा अनिवार्य नरहेको)
६. निवेदन दिने व्यक्तिको परिवारका सदस्यहरुको सम्पूर्ण विवरण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय