
बुढानीलकण्ठ नगरपालिका वडा नं. २ (साविक चपली भद्रकाली गा.वि.स. वडा नं. ८) सिट नं. १०२०९०८०९ कि.नं. १, ३, ४, ५ र ९३ नेपाल सरकारको नाउँमा रहेको जग्गामा नगर बसपार्क निर्माण गर्न लागेको हुँदा उक्त कित्तासँग जोडिएका जग्गाधनीहरुले यो सूचना प्रकाशित मितिले ७(सात) दिनभित्र बुढानीलकण्ठ नगरपालिका वडा नं. २ को कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्नुहुन वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले अनुरोध गर्नु भएको छ ।
सो समयावधि भित्र सम्पर्कमा नआएमा नगरपालिकाले नियमानुसार नगर बसपार्क निर्माणको कार्य अगाडि बढाउने व्यहोरा समेत उक्त सूचनामा उल्लेख गरिएको छ ।