वडा नं १३ का सदस्य तथा कार्यपालिका सदस्य रिना श्रेष्ठ ,वडा सदस्य मंगल नगरकोटी तथा राममाया बिकको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष श्रेष्ठले स्थानीय क्षेत्रका सम्पदा,संस्कृति,कला र साहित्यको विकासलाई प्राथमिकतामा राख्दै महोत्सव आयोजना गरिएको जानकारी दिएका छन् ।
उक्त महोत्सवमा स्थानीय उत्पादनका रुपमा रहेको य:मरीको प्रवर्धनका साथमा मौलिक नेवारी खाजा प्रदर्शनी लगायतका कार्यक्रमहरु रहेको बताउदै अध्यक्ष श्रेष्ठले स्थानीय उत्पादनको स्वाद संगै सो महोत्सवमा धिमे प्रतियोगिता , बाँसुरी प्रतियोगिता तथा भजन प्रतियोगिता मुख्य आकर्षणका रुपमा रहेका छन भने बाघचाल ,गट्टा र तेलकासा लगायतका स्थानीय खेलहरुको प्रतियोगीता पनि आयोजना गरेको जानकारी दिएका छन्।
सो सडक महोत्सव अबधिभर चुनिखेलको इतिहास र मौलिकता झल्कने प्राचिन र मौलिक तस्विरहरुको प्रदर्शनी गर्नुका साथै चुनिखेलको पहिचान झल्कने पुराना बस्तुहरुलाई पनि अवलोकनका लागि राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।