बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम सम्पन्न भएको छ। नगरपालिकाका नवनियुक्त नगर प्रहरीहरुलाई विपद प्रतिकार्य सम्वन्धि प्रशिक्षित गराउने उद्देश्यले नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी काठमाडाैँ जिल्ला उत्थानशील नगर प्रवर्द्धन र सहभागीता (SURE) को प्राविधिक सहयाेगमा भएको ४ दिने तालिम को बुधबार समापन भएको हो।

यस ४ दिनको अवधिमा सहभागि १८ नगर प्रहरीहरुलाई विपदका घटनाहरुमा आधारभुत जिवन सुरक्षा ज्ञान लगायत प्रमुख प्रतिकार्यको लागि आधारभुत  तथा अभ्यास मुलक तालिम नगरपालिकाले प्रदान गरेको थियो ।

तालिम समापनको दिन शिक्षार्थिहरुले तालिम अवधि भर सिकेका विपद नियन्त्रण तथा प्रतिकार्य सिपहरुको अभ्यास प्रदर्शनी समेत गरेका थिए। घर भित्र च्यापिएका मानिसहरुलाई उद्दार , आगलागिका घटनामा प्रतिकार्य तरिका , पानिमा डुबेका व्यक्तिहरुलाई बचाउने लगायत प्राथमिक उपचारका बिधि र उद्दार गरिएका घाईतेहरुलाई सम्बन्धित स्थान\ अस्पताल सम्म सुरक्षित तरिकाले लैजाने शैलिहरुको अभ्यास प्रदर्शन भएको थियो।

नेपाल रेडक्रस सोसाईटिका ‍विज्ञ प्रशिक्षकहरुले दिएको तालिममा सहभागि नगर प्रहरीहरुले तालिम अवधिभर अनुशासित र सकृय सहभागिता जनाएको र तालिमबाट सिकेको सिपहरुलाई विपदको स्थितिमा प्रतिकार्य गर्न तयार रहेको प्रशिक्षण संयोजक नवराज भण्डारीले बताउनु भयो। उहाले आफु नगरपालिकाकै स्थानिय भएकोले नगरप्रहरीहरुलाई तालिमका कुनै  बिषयमा अझै केही सिक्न चाहाने कौतुहलता भए व्यक्तिगत रुपमा सजिलै सम्पर्क गर्न सकिने समेत जानकारी गराउनु भएको थियो।

तालिमको बुधबार भएको समापन कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेल, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ सापकोटा, नेपाल रेडक्रस सोसाईटिका  प्रशिक्षक संयोजक नवराज भण्डारी लगयात प्रशिक्षक संगिता महर्जन, कृष्ण प्रसाद अधिकारी, ईन्दिरा पौडेल, सन्तोष महर्जन, रमन कृष्ण महर्जनको उपस्थिति थियो।

समापन कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेलबाट शिक्षार्थि तथा प्रशिक्षकहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो। प्रमुख खरेलले नगर प्रहरीहरुलाई  विपदको समयमा सकृय भई प्रतिकार्यको लागि तयार रहन अनुरोध गर्दै नगरमा निकै आवश्यक यस तालिमको प्रशिक्षण दिएकोमा नेपाल रेडक्रस सोसाईटिका प्रशिक्षक टोलिलाई आभार व्यक्त गर्नु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय