
नगरपालिकामा नगरस्तरीय विपद पूर्वतयारी र प्रतिकार्य याेजना बनाउने रिर्साेर्स पुल टिमकाे निर्णय भएकाे छ । फागुन ११ गते शहरी जाेखिम न्युनिकरणका लागि १३ वटै वडामा जोखिम र स्रोत/क्षमता निर्धारण (Vulnerability and Capacity Assessment) गर्नका लागि उपर्युक्त टोली परिचालन गर्ने निर्णय भएकाे छ ।
नगरपालिकाकाे विषयगत शाखा र विपद व्यवस्थापन समितिका प्रतिनिधीहरू रहेकाे यस टिमले नगरपालिका भित्र विपद जाेखिम न्युनिकरणका लागि पूर्वतयारी र प्रतिकार्यकाे नितिगत नेत्रित्व गर्दछ ।
नगरप्रमुख उद्धव प्रसाद खरेल ज्यूकाे अध्यक्षतामा बसेकाे यस वैठकमा वडा नं. १० अध्यक्ष नवराज भट्टराइ, वडा नं. १३ अध्यक्ष श्री कृष्ण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटा, रेड क्रस साेसाइटी काठमाडाैँ – सभापति मँथुरा राम श्रेष्ठ, जिल्ला कार्यक्रम संयाेजक शारदा खतिवडा तथा नगरपालिकाकाे सबै शाखा, महाशाखाका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।