बूढानीलकण्ठ नगरपालिका वडा नं १० र ११ मा मंगलबार बजार अनुगमन भएको छ। उपमेयर नेतृत्वको अनुगमन टोलिले निरिक्षण गर्दा दुई वटा मार्ट बाट ११.३ के.जी. बराबरको सामाग्रि जफत गरि नष्ट गरेको छ।
मंगलबार आकस्मिक निरिक्षणमा निस्केको अनुगमन टोलिले नगरपालिकाको वडा नं ११ को युनाईटेड ग्रोसरी र वडा नं १० को नागरीक बहुउद्देशिय संस्था अन्तर्गतको मार्टमा अनुगमन गरेको हो।
वडा नं ११ को युनाईटेड ग्रोसरी अनुगमन गर्दा ग्रोसरीको मुल्य सुचि, साईनवोर्ड, व्यवसाय दर्ता , व्यवसाय नविकरण , खरिद-बिक्रि बिल लगायतको प्रमाण पत्र र कागजात सबै अद्यावधिक भएको पाईए पनी मार्टमा रहेको केहि सामाग्रिहरुको म्याद नाघेको पाईएको थियो। म्याद नाघेको खद्य वस्तुहरुमा ल्याक्टोजिन पाउडर ३६०० ग्राम (९ प्याकेट), पराठा ३ प्याकेट, बर्गर बम १ प्याकेट, ब्रिटानिया बिस्कुट ७५० ग्राम (३ प्याकेट), २ के.जी चना दाल, १ के.जी. रहर दाल, बाजेको मसला ५५० ग्राम (११ बट्टा) , सेकुवा मसला ७०० ग्राम (७ प्याकेट), सेञ्चुरी मसला ३५० ग्राम (७ प्याकेट) लगायत पाँउ ५ प्याकेट रहेको छ।
यस्तै सोहि दिनमै वडा नं १० आकाशेधारा चोक स्थित नागरीक बहुउद्देशीय संस्था अन्तर्गतको मार्ट अनुगमन गर्दा मार्टको सबै कानुनी कागजातहरु अद्यावधिक रहेको तर नापतौल प्रमाण पत्र नरहेको पाएको छ। साथै मार्टको सामाग्रिहरु निरिक्षण गर्दा ५.२ के.जी बराबरको खाद्यान्न वस्तुहरुको म्याद नाघेको पाईएको थियो। म्याद नाघेको सामाग्रिहरुमा दालचिनि पाउडर ३०० ग्राम(३ प्याकेट), अदुवा पाउडर ३०० ग्राम(३ प्याकेट), पिनट बटर ४५५० ग्राम ( १३ प्याकेट) रहेको छ।
म्याद नाघेको सबै सामाग्रिहरु टोलिले जफत गरी नष्ट गरेको छ। बजार अनुगमनमा रहेका प्रशासकिय अधिकृत जयराम गजुरेलले युनाईटेड ग्रोसरी संचालक मान बहादुर राई र नागरीक बहुउद्देशीय संस्था अन्तर्गतको मार्ट कर्मचारी कृष्णमाया तामाङ लाई म्याद नाघेका सामाग्रिहरु मार्टको बिक्रि कक्षमा नराख्न र मार्टको व्यवस्थापनमा ध्यान दिन निर्देशन दिनु भएको थियो। उहाले उक्त मार्टहरुमा पुनः अनुगमन गर्दा दिईएका निर्देशनहरु पालना नभएको पाईएमा कानुनबमोजिम कारबाही गरिने बताउनुभयो।
बजार अनुगमन संयोजक उपमेयर रमा देवि राईको नेतृत्वमा भएको अनुगमनमा सुशासन समिति संयोजक वडा नं १२ अध्यक्ष, शम्भु प्रसाद भट्टराई, वडा नं १० सदस्य चन्द्र मान श्रेष्ठ, प्रशासकिय अधिकृत जयराम गजुरेल, स्वास्थ्य महासाखा प्रमुख कुमार प्रसाद दाहाल, नगरपालिका कर्मचारी मनिराम राई लगायत नगर प्रहरी र प्रहरी प्रभाग कपनको उपस्थिति थियो।