बुढानीलकण्ठ नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा सम्मान समारोह आयोजना गरेको छ ।
नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा असोज २ गते नगरसभाहलमा विद्यालय, विद्यार्थी, शिक्षक र प्रधानाध्यापकहरुलाई सम्मान गरी मनाएको हो ।
उक्त अवसरमा नगरपालिकाले नगर उत्कृष्ठ शिक्षक २०८० को रुपमा जन उद्दार मा.वि. का अप्सरा घिमिरेलाई सम्मान गरेको छ ।
समारोहमा ४ जि.पि.ए. ल्याउने जोशेफ स्कूलका ६ जना, रिलायन्स ई. स्कूलका ५ जना, भ्याली पब्लिक हाई स्कूलका ३ जना र रिलायन्स पब्लिक स्कूल, लोयालटि एकेडेमी, बुढानीलकण्ठ मोडेल कम्युनिटि स्कूलका १-१ जना विद्यार्थीहरु सम्मान गरिएको छ ।
यस साथै ११ जना सामुदायिक विद्यालयका शिक्षक र ३१ जना संस्थागत विद्यालयका शिक्षकहरुलाई उत्कृष्ठ शिक्षकको रुपमा सम्मान भएका छन् ।
सोहि अवसर पारेर नगरपालिकाले सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई १-१ थान ल्यापटप वितरण गरेको छ ।
कार्यक्रममा सामुदायिक विद्यालय तर्फबाट उत्कृष्ठ नतिजा ल्याउने श्री यज्ञमति मा.वि., श्री नौलिन मा.वि. श्री जनउद्दार मा.वि. र संस्थागत विद्यालय तर्फबाट दिक्षालय फाण्डेशनलाई समेत सम्मान गरिएको थियो ।
संगै वडा नं. ०४ मा रहेको नेशनल ब्लुमिङ फ्लावर एकेडेमीलाई अटिजम प्रभावित विद्यार्थीहरुलाई भर्ना गरी छुटै कक्षा संचालन गरेकोमा ग्रिन स्कूलको नामाकरणले सम्मान गरिएको छ ।
सोहि कार्यक्रम मार्फत सेवा निरवृत हुनुहुने शरद कुमार खड्का, बासु खड्का र नातिराम पण्डितलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
यस्तै शिक्षा समिति सदस्यबाट समयावधि समाप्त भएका जे.एस. पौडेल, विके श्रेष्ठ, खेमराज धिमिरे, समिर वास्तोला, मिमकाजी श्रेष्ठ र सुभद्रा कोईराला सम्मानीत भएका छन् ।
शिक्षा संग सम्वद्ध संघ संस्था फुड पर लाईफ, चाईल्ड नेपाल, टि.पि.ओ. नेपाल, सेरिन एडुकेशन, सि.एस.एन. जस्ता संस्थाहरुलाई पनि नगरपालिकाले सम्मान गरेको छ ।
असार २८ गते संचालन भएको गणित/विज्ञान प्रदर्शनीमा प्रथम/ दोस्रो र तेस्रो स्थान हाँसिल गरेका विद्यालयहरुलाई पुरस्कार एवं सम्मान गरिएको थियो ।
सोहि अवसर पारेर नगरपालिकामा संचालन हुन लागेको रचनात्मक अभ्यास सामुदायिक तथा संस्थागत विद्यालय साझेदारी कार्यक्रम अन्तरगत सम्झौता पत्रमा हस्ताक्षर भएको छ । साथै नगरपालिका र प्रधानाध्यापक विच करार सम्झौता गरिएको थियो ।
आज भएको समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, सामाजिक समिति सदस्य शान्ता ढकाल पुडासैनी, नगर प्रवक्ता नवराज भट्टराई, सम्पुर्ण वडाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह, नगर शिक्षक संघ अध्यक्ष मदन कुमार पौड्याल, नगर एकिकृत अखिल नेपाल शिक्षक संगठन अध्यक्ष नगेन्द्र खरेल, बुढानीलकण्ठ प्रगतिशिल रा.शि. संगठन अध्यक्ष राजाराम भण्डारी, बुढानीलकण्ठ प्याबसनका अध्यक्ष राधेश्याम श्रेष्ठ, नगर एन प्याबसन अध्यक्ष तेन्जिङ भुटिया, नगर पेटसनका अध्यक्ष पुष्पराज अधिकारी, अपेनका अध्यक्ष राजकुमार घिमिरे, नगर अन्तर्गत रहेका सम्पुर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थिहरुको उपस्थिति रहेको थियो ।