पहिलाे चरणकाे मनाेविमर्श तालिमकाे समिक्षा फागुन १० गते सम्पन्न भएकाे छ ।
महिला, बालबालिका तथा समावेशिकरण शाखाले आयाेजना गरेकाे यस कार्यक्रममा मनाेविमर्शकाे प्रयाेगात्मक कक्षामा रहेका सहभागीहरूसँग मनाेविमर्श गर्दाकाे समस्या, हाल सम्मकाे प्रगति, चुनाैती र आगामी पहलकाे सम्बन्धमा छलफल गरि विज्ञहरूकाे सुझाव समेत लिइएकाे थियाे । १ हप्ताकाे अन्तरालमा फेरी पनि यस विषयमा अनुसरण गर्ने याेजना रहेकाे छ ।
पहिलाे चरणकाे सैद्धान्तिक प्रशिक्षण सम्पन्न गरि मनाेविमर्शकाे प्रयाेगात्मक कक्षाका लागि नगरभित्रका १९ प्रशिक्षणार्थीहरूलाइ आ-आफ्नाे वडामा परिचालन गरिएकाे थियाे । यस कार्यक्रममा नगरप्रमुख उद्धव प्रसाद खरेल, उप प्रमुख रमा देवी राइ, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटा, तरङ्गिनी फाउण्डेसनका प्रशिक्षकहरू र नगरभरिका १५ प्रशिक्षणार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।