बुढानीलकण्ठ नगरपालिकाको विषयगत समिति अन्तर्गत आज मिति २०८१ श्रावण १६ गते, बुधबार आर्थिक विकास समितिसँगको बैठक सम्पन्न भएको छ।

स्थानीय तहमा आर्थिक क्षेत्र तर्फको विकासका निमित्त सम्बन्धित शाखा/महाशाखाका प्रमुखहरु समेत नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, आर्थिक विकास समिति संयोजक रीना श्रेष्ठ तथा समितिका सदस्यहरु, प्रशासन एवं उद्योग तथा पर्यटन शाखा प्रमुख राजकुमार थापा, कृषि विकास शाखा प्रमुख लक्ष्मी घर्ती, पशु सेवा शाखा प्रमुख ओम कुमारी गुरुङ्ग, सहकारी शाखा प्रमुख अच्युत खड्का, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) शाखाबाट सरस्वती कुमारी लुहार, विज्ञ रोष्टरहरु लगायतको उपस्थितिमा पछिल्लो आ.व. को समीक्षा लगायत विविध महत्वपूर्ण विषयहरुमा छलफल बैठक बसेको छ।

गत आ.व. मा सम्बन्धीत शाखाहरु जसमा कृषि, पशु, मेड्पा, सहकारी, उद्योग तथा पर्यटन लगायतबाट उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत सम्पन्न भएका कार्यक्रमहरुका प्रभावकारीताका, परिणाममुखी रहे नरहेको तथा अझै उक्त शाखाअन्तर्गत गरिने सम्भावीत योजना कार्यहरुका बारे मौखिक रुपमा शाखाका प्रतिनिधीहरुद्वारा प्रस्तुती दिइएको थियो ।

नगरपालिकामा चालु आर्थिक वर्षको शुरुवातभएसँगै विनियोजित बजेटहरुको उचित व्यवस्थापन तथा परिणाममुखी कार्यक्रमहरु निर्माण गर्नका लागि उचित मार्ग चित्रण गर्न अथवा वार्षिक/ अर्धवार्षिक कार्ययोजनाहरु समिति तथा शाखासँगको समन्वयमार्फत निर्माण गर्दा सचित हुने बैठकको निष्कर्ष रह्यो।

त्यस्तै ‘स्थानीय आर्थिक विकास मुल्याङ्कन कार्यविधि’ (LED framework) अनुसार, यस चालु आ.व.को नीति कार्यक्रम, नगरपालिकाको आर्थिक सर्वेक्षण अध्ययनमा आधारीत रहि कार्ययोजना तयार गरिनुपर्ने समेत बैठकबाट निर्णय भएको छ।

साथै स्थानीय आर्थिक विकासका लागि नगरपालिकाले गर्ने विविध कार्यहरुको प्रगती, परिणाममुख तथा उचित मुल्याङ्कन गर्दै अघि बढ्नका लागि मासिक रुपमा समिति लगायत सम्बन्धि शाखा/ महाशाखाको समीक्षा बैठकलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय