बुढानीलकण्ठ नगरपालिका वडा नं. २ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभहरुलाई आ.व. २०८०/०८१ को चौथो त्रैमासिक किस्ता रकम मिति २०८१/०४/०८ गते मंगलवारको दिन प्रभु बैंक सँगको समन्वयमा वडाको विभिन्न स्थान र समयमा वितरण हुने भएकोले सम्बन्धित सबै लाभग्राहीहरुले आफ्नो नागरिकता, चेक बुक र सामाजिक सरक्षा भत्ता परिचय पत्र सहित उपस्थित भई रकम बुझिलिनु वडाले सूचना जारी गरेको छ ।
स्थान:
वासिक गणेशस्थान: बिहान ७:१५-८:१५ सम्म
चपली स्वास्थ्य चौकी महादेव खोला: बिहान ८:३० – ९ सम्म
चपली सामुदायिक भवन: बिहान ९ बजे – १०:३० सम्म