बूढानीलकण्ठ खड्कागाँउ सहलगानी खानेपानी तथा सरसफाइ आयाेजनाकाे फागुन ९ गते सम्झाैता भएकाे छ ।
अनुमानित लागत रकम रू. २२,९१,५३,६००.९१ मध्य ३० प्रतिशत उपभाेक्ता संस्था र ७० प्रतिशत नेपाल सरकारले उपलब्ध गराउने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयाेजना, हेटाैडा र बूढानीलकण्ठ खड्कागाँउ खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्था विच याे सम्झाैता भएकाे हाे ।
काेभिड १९ का कारण १ वर्ष सम्झाैतामा ढिलाइ भएतापनि सम्झाैताका शर्तहरू बमाेजिम टेन्डर आवहान गरि प्रक्रिया छिटै अघाडि बढाउने याेजना रहेकाे छ । काम सुरूवात भएकाे मितिले २ वर्षमा उपभाेक्ता समितिलाइ साँचाे हस्तान्तरण गरि, वडा नं. ६ र ७ काे घर घरमा खानेपानी पुर्याउने वडा नं. ०६ अध्यक्ष नविन के.सी. ज्यूले जानकारी दिनुभएकाे छ।
यस सम्झाैता वैठकमा नगरप्रमुख उद्धव प्रसाद खरेल, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटा,वडा नं. ०६ अध्यक्ष नविन के.सी., संघीय खानेपानी तथा ढल व्यवस्थापन आयाेजना प्रमुख, उपभाेक्ता समितिका प्रतिनिधिहरू, याेजना महाशाखा र पूर्वाधार महाशाखाका कर्मचारी ज्यूहरूकाे उपस्थिति रहेकाे थियाे ।