बूढानीलकण्ठ नगरपालिकामा उपमेयर नेतृत्वको टोलिले आज बजार अनुगमन गरेको छ। अनुगमन टोलिले आईतबार वडा नं ०९ को पसल, मार्ट तथा क्याफेहरुको अवस्था र खाद्य वस्तुहरुको गुणस्तर अनुगमन गरेको हो।
यस अनुगमनमा बजारमा पाईने वस्तुहरु, उपभोक्ताहरुले प्रयोग गर्ने खाद्य सामाग्रिको गुणस्तर, उपर्युक्त मुल्य तथा सेवाहरुको अवस्थाकाे अनुगमन गरिएको थियो।
बजार अनुगमन उपमेयर रमा देवि राई, वडा नं १२ अध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं ०९ कार्यबाहक अध्यक्ष सुमित्रा त्रिपाठी, प्रशासकिय अधिकृत जयराम गजुरेल, स्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल, राजस्व शाखा प्रमुख अच्युत खड्का लगायतको उपस्थितिमा रहेको थियो।
आज भएको अनुगमनमा टोलि द्वारा वडा नं ०९ मा रहेको बिग मार्टको अवस्था र सेवा ठिकै भएतापनी केहि खाद्य वस्तुहरुको मिति नाघेको र संस्थाको नविकरण नभएको पाइएको छ। उक्त मार्टलाई नगरपालिका प्रशासकिय अधिकृत जयराम गजुरेलले कमि कमजोरी रहेका स्थितिहरुमा एक साता भित्रनै सुधार गर्न निर्देशन दिए साथै फेरी अनुगमन गर्दा अवस्था सुधार नपाईएमा आवश्यक कारवाही गरीने बताए।
यस्तै वडा नं ०९ मै रहेको एक क्याफेको अनुगमन गर्दा क्याफेको पकाउने ठाँऊ, भण्डार कोठा, भाडा माझ्ने ठाँउ को अवस्था स्वच्छ रहेको तर भण्डारण गरीएको १५ प्याकेट ‘चिकेन मसला’को मिति नाघेकोले उक्त वस्तु सोहि स्थानमै नष्ट गरीएको थियो।
नगरपालिकाले बजार अनुगमन नियमित रुपमा गर्दै आएको छ। अनुगमन टोलिले बजारमा पाईने वस्तुहरुको गुणस्तर जाँच गरे संगै आवश्यक स्थितिमा पसल, मार्ट, कम्पनि, रेस्टुरेन्टहरुलाई कारवाही पनि गर्दै आएको छ।