नगरपालिकामा कम्तीमा १०० दिनकाे न्यूनतम राेजगारीमा सुचीकृत हुनका लागि आवेदन खुलेकाे छ । स्थायी रूपमा यस नगरमा बसाेबास गर्ने व्यक्तिहरूले आफ्नाे वडा कार्यलयमा गई फागुन मसान्त सम्ममा आवेदन दिनु पर्नेछ ।

याे कार्यक्रम वार्षिक डेड लाख (दैनिक ५१७) भन्दा कम आय भएका वा स्वराेजगारमा संलग्न नभएका व्यक्तिहरूलाई न्यून्तम राेजगारीमा संलग्न गराउनका लागि संचालन गरिएकाे हाे । यस कार्यक्रमकाे लक्षित वर्ग १८ देखि ५९ वर्ष उमेर समुहका बेरोजगार व्यक्तिहरू रहेका छन् । 

आवेदनका साथ नेपाली नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि, हालसालै खिचेकाे पासपाेर्ट साईजकाे फाेटाे २ प्रति, महिलाकाे हकमा नागरिकतामा यस नगरपालिकाकाे ठेगाना नखुलेकाे हकमा विवाह दर्ता प्रतिलिपि १ प्रति, र अन्यत्र स्थान बाट बसाईँ सराई आएकाे भए बसाँई सराई प्रमाण पत्रकाे प्रतिलिपि १ प्रति संलग्न गर्नुपर्ने छ । निवेदकले कुनै पनि सिपमुलक तालिम लिएको भए सम्बन्धित तालिमको प्रमाणपत्र प्रतिलिपि र यदि निवेदकको परिवारमा कोहि अपाङ्गता भएमा अपाङ्गता प्रमाणपत्र प्रतिलिपि पनि संलग्न गर्न नगरपालिकाको रोजगार संयोजक राजकुमार भण्डारीले जानकारी गराउनु भएको छ। 

यस कार्यक्रमको उद्देश्य सबै नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूति गरी मौलिक हकका रुपमा रहेको रोजगारीको हकको कार्यान्वयन गर्ने, आन्तरीक रोजगारी र उद्यमशीलताको प्रवर्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने, कामका लागि पारिश्रमिक मार्फत गरिबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान पुर्याउने, र स्थानीय स्तरमा विकास निर्माण कार्यमार्फत सार्वजनिक पूँजी निर्माण गरी स्थानीय जनताको जीवन स्तर सुधार गर्न मद्धत पुर्याउने हाे । 

आवेदन फारम यस PDF ( rojgar suchana ) फाईलमा पाउन सक्नुहुने छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय