बूढानीलकण्ठ, माघ १० गते । बूढानीलकण्ठ नगरपालिकामा बालबालिकाहरु लक्षित गरी कोभिड-१९ विरुद्धको खोप फाईजर (P-Fizer BioN Tech) माघ १४ गतेबाट सञ्चालन हुन लागेको छ ।
नगरपालिकामा यस अघि बिद्यालयहरुमा सञ्चालन भएको खोप कार्यक्रममा फाईजर (P-Fizer BioN Tech) खोप लगाउन छुट भएका १२ देखी १७ बर्ष उमेर समुहका बालबालिकाहरुलाई माघ १४ देखि माघ २२ गते सम्म वडा नं १० डिट्टाचौर स्थित नगर अस्पतालमा खोप दिन लागिएको हो ।
खोप केन्द्रको विवरणः
खोपः (P-Fizer BioN Tech)
खोप केन्द्रः नगर अस्पतालमा, वडा नं १०, डिट्टाचौर
लक्षित समुहः १२ देखि १७ वर्षका बालबालिका (यस अघि छुट भएका)
मितिः २०७८।१०।१४ देखी माघ २२ गते सम्म (बिहान १० देखि ३ बजे सम्म)
थप जानकारीको लागि कौशल अधिकारी (फोन नं. ९८०२३३९९५१) लाई सम्पर्क गर्नुहुन नगरपालिका जनस्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।







