बूढानीलकण्ठ नगरपालिकामा असाेज १२ र १३ गते भेरोसेल खाेप लगाइने छ । नेपाल सरकारबाट निर्धारण गरीएको लक्षित समूह १८ वर्ष माथि उमेर समूहका व्यक्तिहरूलाइ भेरोसेल (VeroCell) खोपको पहिलो मात्रा र यस अघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुट भएका व्यक्तिहरूलाइ यी २ दिन खाेप लगाइने छ ।
निर्धारण गरीएको लक्षित समूहका व्यक्तिहरूलाइ आफूलाइ पायक पर्ने खाे केन्द्रमा गइ खाेप लगाउनु हुन हार्दिक अनुराेध छ ।
खाेप लगाउने समयः बिहान १० बजे देखि दिउसाे ४ बजे सम्म
खोप केन्द्रहरूः
| वडा | स्थान |
| वडा नं. ०१ | आधारभूत स्वास्थ्य केन्द्र, ताैलुङ चाैतारा |
| वडा नं. ०२ | चपली भद्रकाली स्वास्थ्य चौकी, महादेव खोला |
| वडा नं. ०३ | बूढानीलकण्ठ स्वास्थ्य चौकी, घुम्ती |
| वडा नं. ०४ | श्री राम आधारभूत विद्यालय, पासिकोट |
| वडा नं. ०५ | शहरी स्वास्थ्य केन्द्र, विष्णुमती |
| वडा नं. ०६ | खड्का भद्रकाली स्वास्थ्य चौकी, खड्का गाँउ |
| वडा नं. ०७ | सामुदायिक भवन, पानचाेक |
| वडा नं. ०८ | महाँकाल स्वास्थ्य चौकी, गोल्फुटार |
| वडा नं. ०९ | वडा कार्यालय, मण्डिखाटार |
| वडा नं. १० | नगर अस्पताल, डिठ्ठाचाैर, बालुवाखानी |
| वडा नं. ११ | कपन स्वास्थ्य चौकी, कपन |
| वडा नं. १२ | श्री घटराज मेमाेरियल मा.वि., कपन |
| वडा नं. १३ | नाैलिन मा. वि., चुनिखेल |







