काठमाडौं । बुढानीलकण्ठ नगरपालिका, हात्तीगोडा, काठमाडौंको आयोजनामा नगर सभा सदस्यज्यूहरूका लागि दुई दिने विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी तालिम २०८२ साल पौष २९ गतेबाट शुभारम्भ भएको छ। उक्त तालिम कार्यक्रम पौष ३० गतेसम्म सञ्चालन हुनेछ।तालिम कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो। कार्यक्रममा उप–प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायतको विशेष उपस्थिति रहेको थियो। तालिममा नगरपालिकाभित्रका वडा सदस्यहरूको सहभागिता रहेको छ।

कार्यक्रममा स्थानीय तहको विकास निर्माण प्रक्रिया, योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन, सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता र जवाफदेहिता लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ। तालिमको उद्देश्य नगर सभा सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै विकास निर्माणका कार्यलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउनु रहेको आयोजकले जनाएको छ।कार्यक्रमालाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले स्थानीय सरकारका जनप्रतिनिधिहरू सक्षम र जानकारीपूर्ण भए मात्र दिगो विकास सम्भव हुने बताका छन। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न सहभागीहरूलाई आग्रह गरेका थिए।

यसैगरी उप–प्रमुख लामा र प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले स्थानीय तहमा सुशासन प्रवर्द्धन, सेवा प्रवाह सुधार तथा विकास निर्माणका योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न यस्ता तालिम कार्यक्रमहरू अत्यन्त उपयोगी हुने धारणा व्यक्त गरेका थिइन। बुढानीलकण्ठ नगरपालिकाले आगामी दिनहरूमा पनि जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय