बुढानीलकण्ठ, काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नगर प्रहरीको भूमिका, जिम्मेवारी र कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नगर प्रहरीहरूसँग छलफल कार्यक्रम आयोजना गरेको छ। २०८२ साल पौष ९ गते बुधबार  नगरपालिकाको कार्यपालिका बैठक कक्षमा सम्पन्न उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, सुशासन समितिका संयोजक शम्भु भट्टराई, सुशासन समितिका सदस्यहरु तथा नगर प्रहरी निरीक्षक दिनेश देउजासहित नगर प्रहरीहरूको उपस्थिति रहेको थियो।

छलफल कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले नगरको शान्ति, सुरक्षा, अनुशासन र सेवा प्रवाहमा नगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुनी दायराभित्र रही जिम्मेवार, मर्यादित र जनमैत्री ढंगले कार्य गर्न निर्देशन दिएका छन। उहाँले नगरवासीको विश्वास जित्ने गरी सेवा प्रवाहमा जोड दिन आग्रह गरेका छन।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले नगर प्रहरीको कार्यक्षेत्र, आचारसंहिता, आन्तरिक समन्वय र कार्यदक्षता अभिवृद्धि सम्बन्धी विषयमा स्पष्ट धारणा राख्दै नगर प्रशासनलाई थप व्यवस्थित बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए। त्यसैगरी, सुशासन समितिका संयोजक शम्भु भट्टराईले सुशासन प्रवर्द्धनमा नगर प्रहरीको भूमिकालाई प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गर्दै पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री सेवामा जोड दिएका छन।

नगर प्रहरी निरीक्षक दिनेश देउजाले नगर प्रहरीको वर्तमान अवस्था, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै सेवा प्रवाहलाई थप सुदृढ बनाउन निरन्तर प्रयास भइरहेको बताए। छलफल कार्यक्रममा नगर प्रहरीको कार्यसम्पादन सुधार, अनुशासन, जनसम्पर्क, सुरक्षा व्यवस्थापन तथा संस्थागत क्षमता विकासका विषयमा व्यापक छलफल गरिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय