अवरोधहरू पार गरौँः एड्स प्रतिकार्य रूपान्तरण गरौँ” भन्ने नाराका साथ ३८औं विश्व एड्स दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिका कार्यालय हलमा सफलता HIV शिक्षा सदनका विद्यार्थीहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा,प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला, बुढानीलकण्ठ नगर अस्पतालका निर्देशक डा. सुधान्सु झा, तथा शिक्षा शाखाका अधिकृत ललित विक्रम सिंहको विशेष उपस्थिति रहेको थियो।

छलफल सत्रमा विद्यार्थीहरूलाई एचआईभी/एड्स सम्बन्धी वैज्ञानिक तथ्य, संक्रमण नियन्त्रणका उपाय, सुरक्षित व्यवहार, उपचार तथा सामाजिक कलंक विरुद्ध सचेतना अभिवृद्धिबारे विस्तृत जानकारी प्रदान गरियो। विद्यार्थीहरूका प्रश्न–जिज्ञासामाथि विशेषज्ञहरूले स्पष्ट एवं व्यावहारिक जवाफ दिए, जसले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो।

कार्यक्रमका क्रममा बुढानीलकण्ठ नगरपालिकाको तर्फबाट First Aid Box हस्तान्तरण गरिएको तथा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी जाडोको मौसमका लागि मिनी थर्मस वितरण गरिएको थियो।

त्यसैगरी, बालबालिकाहरूको तर्फबाट नगरपालिकालाई चित्र–उपहार प्रदान गरियो, जसले कार्यक्रममा सौहार्दपूर्ण वातावरण सिर्जना गरेको थियो।

नगर प्रमुख अधिकारीले युवाहरूमा स्वास्थ्य सचेतना र सुरक्षित व्यवहार सम्बन्धी अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजलाई एचआईभी/एड्स विरुद्ध अझ जिम्मेवार र सकारात्मक दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरे।

कार्यक्रमले विद्यार्थीहरूमा एचआईभी/एड्स सम्बन्धी ज्ञान, आत्मविश्वास र व्यवहारगत परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय