काठमाडौं, बुढानीलकण्ठ — विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायको क्षमता प्रदर्शन तथा जनचेतनामूलक अभिमुखीकरणका लागि फष्ट रैफल गण, नारायणहिटी ब्यारेकबाट एक विशेष कार्यक्रम आयोजना गरिने भएको छ।
विपद् न्यूनीकरण तथा प्रतिकार्यका लागि आवश्यक तयारीहरू प्रस्तुत गर्ने उद्देश्यसहित विपद् प्रतिकार्य सम्बन्धी डेमोन्स्ट्रेसन तथा सामाग्रीहरूको प्रदर्शनी आयोजना गरिने गणले जानकारी गराएको छ ।
उक्त कार्यक्रम २०८२ असार २८ गते शनिबार, बिहान १०:०० देखि ११:०० बजेसम्म, कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदान, बुढानीलकण्ठ–१०, आकाशेधारा, कपन मा आयोजना हुनेछ।
फष्ट रैफल गणद्वारा प्रस्तुत उक्त प्रदर्शनीमा सम्भावित प्राकृतिक तथा मानवसिर्जित विपद् अवस्थाहरूमा आवश्यक प्रतिकार्य प्रणाली, उपकरण तथा सुरक्षाका उपायहरू प्रस्तुत गरिनेछ। कार्यक्रम सरोकारवाला निकायहरू, स्थानीय प्रशासन, समुदायका प्रतिनिधिहरू तथा सर्वसाधारणका लागि समेत उपयोगी हुने जनाइएको छ।
आयोजकले सरोकारवाला निकाय र नागरिकहरूलाई कार्यक्रम अवलोकन गरी विपद् प्रतिकार्यबारे जानकारी लिन र सहभागिता जनाउन अनुरोध गरेका छन्।






