बुढानीलकण्ठ, फागुन १ गते ।
“उत्साह, एकता, र शक्ति: खेलकूदमा हाम्रो अद्वितीयता!” भन्ने मुल नाराका साथ तेस्रो बुढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना हुँदै छ ।
बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषदको आयोजनामा फाल्गुन ८ र ९ गते हुने प्रतियोगिताको फारम बुजाउने अन्तिम मिति फागुन ४ गते सम्म रहेको आयोजकले जनाएको छ ।
ईच्छुक सम्पुर्ण टिमलाई फागुन ४ गते कार्यालय समय भित्र नगर युवा परिषदको सचिवालयमा फारम बुझाईदिनुहुन आयोजकले अनुरोध गरेका छन् ।
प्रतियोगिताको टाईसिट ड्र कार्यक्रम फागुन ६ गते बुढानीलकण्ठ नगरपालिका सभाहलमा हुने जानकारी प्राप्त भएको छ ।
वडा नं ०७, गल्फुटार स्थित चौर फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा नगरपालिकाका स्थायि खेलाडीहरुको समुहले भाग लिन पाउने छन् ।
प्रतियोगिताको खेल संयोजक एवं नगर युवा परिषद सदस्य दिपक तामाङको अनुसार प्रतियोगिता 7 ‘A’ शाईड ढाँचामा सञ्चालन हुन्छ । यसको सम्पुर्ण खेलहरू नकआउट चरणमा खेलाईने उहाँले जानकारी दिनुभयो ।
यस प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क लाग्ने छैन ।
टिम दर्ता र थप जानकारीको लागि:
9851002186
9851023962
9803730151
तेस्रो बुढानीलकण्ठ मेयरकप 7‘A’ Side फुटसल प्रतियोगिताको मिति अद्यावधिक गरियो;फागुन ८ र ९ गते हुने