काठमाडौं, हात्तीगौँडा — बुढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यपालिका बैठक कक्षमा आयोजना गरिएको उक्त कार्यक्रम २०८३ साल असार १९ गते शुक्रबार बिहान ९:३० बजेदेखि सुरु भएको थियो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले प्रस्तोताको रूपमा अभौतिक सांस्कृतिक सम्पदा, युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि २००३, सूचीकरणको उद्देश्य, कानुनी आधार, सूचीकरणको प्रक्रिया तथा मन्त्रालयमा आवेदन दिन सक्ने व्यवस्था लगायतका विषयमा प्रस्तुति दिएका थिए। उनले नेपालमा रहेका १४२ विभिन्न जातजाति, तिनका १२४ भाषिक समूह र ६० आदिवासी जनजातिसँग सम्बन्धित सांस्कृतिक सम्पदाको संरक्षण, अभिलेखीकरण र राष्ट्रिय सूचीमा सूचीकरणको महत्त्वबारे जानकारी गराएका थिए।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सम्पदाको संरक्षण तथा व्यवस्थापनका लागि जनसमुदायलाई सुसूचित गराउने, सम्पदा सम्बद्ध व्यक्ति, समूह वा समुदायको सम्पदाप्रतिको सम्मान सुनिश्चित गराउने र संरक्षण-व्यवस्थापनमा निरन्तरता दिन प्रोत्साहन गर्ने कुरा उल्लेख गरिएको थियो। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका  उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला उपस्थित रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय