काठमाडौँ — गोल्डेनगेट टिम र बूढानीलकण्ठ मंगलबार समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन् । गोल्डेनगेट पुरुष र बूढानीलकण्ठ महिलामा च्याम्पियन भएका हुन् । बूढानीलकण्ठको पुरुष टोली फाइनल पुगे पनि उपाधि भने जित्न सकेन ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार फाइनलमा गोल्डेनगेटले बूढानीलकण्ठ टिमलाई १००–८८ स्कोरले पराजित गर्‍यो । गोल्डेनगेटका नुकेश मगरले २८ स्कोर गरे ।

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको फाइनलमा बूढानीलकण्ठले आईएसए नेपाललाई २८–१८ स्कोरले हरायो । विजेताका रिन्चेन मोक्तानले १९ स्कोर जोडिन् । पुरुष/महिला दुवैमा पहिलो हुनेले ३० हजार र दोस्रोले १५ हजार रुपैयाा पुरस्कार पाए ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय नुकेश र रिन्चेन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । दुवैले जनही ५ हजार रुपैयाा र ५ हजारबराबरको गिˆट ह्याम्पर प्राप्त गरे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङ, आयोजक संघका महासचिव नरेन्द्र थापालगायतले पुरस्कृत गरे प्रतियोगिताको पुरुषमा २० र महिलामा ५ टिम प्रतिस्पर्धी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय