बूढानीलकण्ठ, असोज ०७ गते ।

“रेविज नियन्त्रण; एक स्वास्थ्य एक गन्त्व्य” भन्ने मुल नाराका बूढानीलकण्ठमा विश्व रेबिज दिवसकाे मनाइदै छ ।

नगर पशु सेवा शाखाद्वारा रेबिज दिवसकाे अवसरमा असाेज ०४ गते देखि १० गते सम्म घरपालुवा तथा सडक सामुदायिक कुकुर बिरालाेहरूलाइ निःशुल्क खाेप लगाउने अभियान/सप्ताह सुरु गरेको हो । अभियान अन्तरगत नगरपालिकाको १३ वटै वडामा शिविर संचालन हुने पशु सेवा शाखाले जनाएको छ । 

शाखा प्रमुख एवं पशु चिकित्सक काजि श्रेष्ठका अनुसार अभियान भदौ ०४ गते वडा नं ०१ कार्यालय परिसरबाट सुरु भई आज वडा नं ०६ मा आईपुगेको छ ।

कुकुर विरालोलाई रेविजको खोप सँगै जुकाकाे औषधि पनि दिइने गरिएको छ । यस अभियानमा सामुदायिक कुकुर र विरालोलाई सिविर सम्म लगि सहयोग गरिदिनुहुन गरिदिनुहुन सम्पुर्ण नगरवासी तथा समाजसेविहरुमा नगरपालिकाले अपिल गरेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय