बूढानीलकण्ठ, असोज ०७ गते । 

बूढानीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामै ८ करोड २८ लाख ७१ हजार १ सय ३ दसमलव ०२ रुपैयाँ राजश्व संकलन गरेको छ ।

आन्तरीक आमदानी तर्फ ४० करोड राजश्व उठ्ने लक्ष्य राखेको नगरपालिकाले पहिलो दुई (श्रावण र भाद्र) महिनामा उल्लेखनिय २० प्रतिशत राजश्व संकलन भईसकेको छ ।

यस दुई महिनामा उल्लेखनिय राजश्च संकलन हुनुको मुख्य कारण प्रथम चौमासिक भित्र करमा दिईएको १५% छुट र बजार अनुगमन रहेको राजश्व शाखा प्रमुख अच्युत खड्काले बताउनुभयो ।

सेवाग्राहीहरुलाई बेलैमा कर तिर्ने उत्प्रेरणा दिनका लागि यस आर्थिक वर्षको प्रथम चौमासिक भित्र कर तिरे १५% सम्म कर छुट गर्ने निर्णयको

नगरपालिकाको निर्णय अनुसार सम्पत्ति कर, बहाल कर, मालपोत कर तथा भूमिकर, र व्यवसाय कर ४ शिर्षकमा कर छुट गरिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय