नगर स्वास्थ्य निति निर्माणकाे पहिलाे चरणकाे छलफल कार्यक्रम माघ २७ गते समापन भएकाे छ । यस कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूमा स्वास्थ्य समस्याहरूलाइ सम्बाेधन गर्न सम्बन्धीत सराेकारवालाहरू सँग छलफल गरिएकाे थियाे ।
स्वास्थ्य निति २०७७ लाइ समावेश गराउन नगरभित्रका स्वास्थयकर्मीहरू, जेष्ठ नागरिक, महिला समूह, बालबालिका तथा युवाहरूसँग अन्तर्क्रिया कार्यक्रम भइसकेकाे छ । यिनै कार्यक्रमहरूमा प्राप्त राय सुझाव अनुसार नितिकाे पहिलाे मस्याैदा तयार पारिने छ ।
दाेस्राे चरणमा मस्याैदा उपर जनप्रतिनिधीहरूसँग छलफल गरिने छ र प्राप्त सुझाव अनुरूप संसाेधन गरि नगरभित्रका स्वास्थ्य सम्बन्धी विज्ञहरू र शाखा प्रमुखहरू सँग छलफल गरि स्वास्थ्य निति २०७७ काे अन्तिम मस्याैदा तयार पारिने छ ।
फागुन अन्तिम सम्ममा मस्याैदा तयार पार्ने याेजना रहेकाे छ ।
स्वास्थ्य महाशाखाले आयाेजना गरेकाे यस छलफल कार्यक्रममा सहजकर्ता अनुसन्धान, शिक्षा र विकास नेपाल थियाे भने रिड नेपाल, राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघ, द लेपराेसी मिसन नेपाल, नेपाल दृष्टिविहिन कल्याण संघ, ग्रामीण अपाङ्ग समाज, बाल अपांग टेवा संस्था, हातेमालाे केन्द्र र महिला, बालबालिका समावेशीकरण शाखाका प्रतिनिधीहरू र अन्य सराेकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे ।
अपाङ्ग भएकै कारणले आधारभूत सुविधाहरू प्राप्त गर्न असहज भएकाे र सामाजमा हुने भेदभाव तथा अवहेलनाले समेत स्वास्थ्य अवस्थामा थप चुनाैती दिने पक्षहरूमा केन्द्रित रहि सहभागीहरूले नगरपालिकामा पुनर्स्थापना केन्द्र, अपाङ्ग बीमा र थेरापी केन्द्रहरूकाे विषयलाइ स्वास्थ्य नितिमा समावेश गर्नुपर्ने कुरामा विशेष जाेड दिनुभएकाे छ ।