बूढानीलकण्ठ नगरपालिका वडा नं ०७ का वडा अध्यक्ष बस नारायण महर्जनलाई कोभिड-१९ संक्रमण देखिएको छ । बैशाख १७ गते शुक्रबार गरिएको ‘रियल टईम’ पि.सि.आर. परिक्षणबाट वडा अध्यक्षमा कोरोना भाईरस पोजिटिभ देखिएको जानकारी प्राप्त भएको छ ।

कोरोना भाईरस (दोस्रो लहर) महामारीको परिस्थितीमा पनी सक्रिय रहि वडामा संक्रमण रोकथाम र नियन्त्रण गर्ने अभियानमा लागि परिरहेका महर्जनको स्वास्थ्यमा समस्या देखिएकोले उहाँको स्वाब परिक्षण गर्दा कोरोन भाइरस पोजेटिभ पुष्टि भएको जानकारी वडा नं ०७ कार्यालयले जानकारी दिएको छ ।

‘होम आईसोलेसनमा’ रहि उपचारार्थ रहेकोकाले महर्जनको स्वास्थ्य अवस्थामा सुधार भईरहेको नगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

नगरप्रमुख, अन्य वडाका वडा अध्यक्ष लगायत नगरवासी तथा शुभचिन्तकहरुले विभिन्न समाजिक सञ्जाल मार्फत महर्जनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिकामा संक्रमित संख्या २७३ पुगेको छ । वडा नं ०७ मा मात्रै ६ जना महिला र ६ जना पुरुष संक्रमित भएको जनस्वास्थ्य महाशाखाले प्रतिवेदनमा जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय