काठमाडौं ,मंसिर २०।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको कालिका चौर पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिव ११ रोपनी क्षेत्रफलमा रहेको सो पार्कमा संरचना निर्माणको काम सकिएको छ भने सौन्दर्यिकरणको कार्य भैरहेको छ।

बुढानिलकण्ठ नगरपालिकामा एकै दिन शिलान्यास गरिएका कालिका चौर पार्क संगै अहिले नौलिन पार्क चुनिखेल ,जेष्ठ नागरिक पार्क वडा नं २ ,भूकम्प समृति पार्क वडा नं १० र जगन्नाथ मन्दिर पार्क निर्माणको अन्तिम चरणमा रहेका छन।

नगरपालिका भित्र रहेका सार्वजनिक जग्गाहरुको संरक्षण गर्दै पार्क लगायतका अन्य संरचना निर्माणलाई प्राथमिकतामा राखेको बुढानिलकण्ठ नगरपालिकाका अन्य वडाहरुमा पनि धेरै पार्क उद्घाटन भएको र अन्य उद्घाटनको चरणमा पुगेका छन।

बुढानिलकण्ठ नगर अस्पताल ,आइतवारे पार्क ,कपन ह्यान्ड बल खेल मैदान ,धनेश्वर खेल मैदान ,वडा कार्यालय भवनहरू निर्माण अगाडी बढाएको नगरपालिकाले मुख्य सडक कालोपत्रे तथा निर्माण पनि अन्तिम चरणमा रहेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय