बूढानीलकण्ठ, १९ असोज: बूढानीलकण्ठ नगरपालिकामा निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा आएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि यससँग सम्बन्धित विषयमा जानकारी लिन तथा समस्या राख्न आजदेखि निःशुल्क टोल फ्री नं सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले जानकारी दिए ।

टोल फ्री नं १६६००१०००३२ सञ्चालनमा ल्याएको हुँदा सम्पूर्ण नगरवासीले उक्त नंमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ । रासस/File photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय